Monday 6 June 2011

माओवादी लडाकू समायोजनको कार्यतालिका तय

माओवादी लडाकू समायोजनको कार्यतालिका तय
लडाकू समायोजनलाई लिएर माओवादी पार्टीभित्र विवाद देखिएको
सेना समायोजन विशेष समितिले माओवादी लडाकूको संख्या उनीहरुलाई दिने पदको तह निर्धारण गर्ने विधि दुई हप्ताभित्र तयार गर्ने कार्यतालिका बनाएको छ।
बैठकले समायोजनको ढाँचा मापदण्डका साथै समायोजनमा नजानेलाई दिने प्याकेजबारे पनि असार गतेभित्रै सहमति जुटाउने मिति तोकेको छ।
बैठकको निर्णयको महत्वलाई दृष्टिगत गरेरै हुनसक्छ, विगतको चलन विपरित समितिका अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल आफैले निर्णय सार्वजनिक गरेका थिए।
विशेष समितिको बैठकको निर्णय माओवादी लडाकू समायोजनमा दलहरुबीच रहेको मुख्य विवादको विषयमा हात हाल्ने घोषणाको रुपमा देखिन्छ।
निर्णय सुनाउँदै प्रधानमन्त्री खनालले भने, "असार गतेभित्र समायोजनको ढाँचा, संख्या, मापदण्ड, तह निर्धारणको विधि, स्वेच्छिक अवकास पुनस्थापना प्याकेजको टुंगो लगाउने निर्णय गरेका छौं।"
विवादित मुद्दा
दलहरुबीच समायोजनमा जाने माओवादी लडाकूको संख्यामा कुरा मिल्न बाँकी छ।
समायोजनमा जाने लडाकूलाई दिने पदको तह निर्धारण गर्ने विधिमा सहमति जुटाउने विषय पनि विवादको अर्को मूल महत्वपूर्ण मुद्दा बन्न सक्ने विषय हो।
असार गतेभित्र समायोजनको ढाँचा, संख्या, मापदण्ड, तह निर्धारणको विधि, स्वेच्छिक अवकास पुनर्स्थापना प्याकेजको टुंगो लगाउने निर्णय गरेका छौ
प्रधानमन्त्री झलनाथ खनाल
त्यो संकेत विशेष समितिका सदस्य डा. मिनेन्द्र रिजालले पनि दिएका छन्।
उनले बीबीसी नेपाली सेवासँग कुरा गर्दै भने, "माओवादीले उक्त निर्णयलाई तहको संख्या निर्धारण गर्ने भनेर अर्थ लगाउन सक्छन्, तर कुन पद के आधारमा दिने भन्ने कुरा तय गर्ने कुरा सहमतिमा उल्लेख छ।"
आधार
बैठकले लडाकू समायोजनलाई सघाउ पुर्याउन चारवटा सर्वेक्षण टोलीको भर्ना तालीम असार १० गतेसम्म गरि सक्ने निर्णय पनि गरेको छ।
टोलीले ६३ दिनभित्र प्रत्येक लडाकूको अन्तर्वार्ता लिएर उनीहरुको पृष्ठभूमि तयार गर्ने छन्।
सदस्य रिजालले भने, "त्यसकै आधारमा उनीहरुलाई दिने पद निर्धारण गरिने छ।"
उनका अनुसार समायोजनमा जानेको संख्या बढी भएमा तोकिएको संख्या भन्दा बढीलाई पुनर्स्थापना वा स्वेच्छिक अवकासमा पठाइने छ।
शान्ति प्रकृयाका मूलभूत विषय टुंगो लगाउनकै निम्ति भनेर दलहरुले संविधानसभाको म्याद भदौ १४ गतेसम्म थपेका थिए

1 comment: